सेयर बजार : २३.८५ अंकले घट्यो नेप्से


काठमाण्डु – सोमबार सेयर बजार मापक परिसूचक नेप्से २३.८५ अंकले ओरालो लागेको छ । साताको पहिलो दिन आइतबार ९४.९२ अंकले बढेको नेप्से एक दिन पनि नटिकी पुनः ओरालो लागेको हो । आज नेप्से १९३३.१३ को बिन्दुमा रोकिएको छ ।

आज कुल २ सय २९ कम्पनीको सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा जम्मा २४ कम्पनीको सेयर मूल्य बढेको छ । यता १६८ कम्पनीको मूल्य ओरालो लागेको छ ।

सोमबार ४३ हजार १२२ कारोबार मार्फत ५६ लाख ४१ हजार कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कुल कारोबार रकम २ अर्ब ४ करोड ४८ लाखमा झरेको छ । कारोबारमा आएका १३ मध्ये लगानी र लाइफ इन्स्योरेन्सबाहेकका सबै उपसमूह राताम्मे भएका छन् ।

सीवाईसी नेपाल लघुवित्त, ङ्यादी हाइड्रोपावर र लाइफ इन्स्योरेन्स कर्पोरेसनका लगानीकर्ताले आज धेरै नाफा कमाए भने उन्नती सहकार्य लघुवित्त, प्राइम डिबेञ्चर र तेह्रथुप पावर कम्पनी लगायतका लगानीकर्ता घाटामा गए ।

प्रतिक्रिया दिनुहोस
Advertisement