दोहोरो अंकले घट्यो नेप्से परिसूचक


काठमाण्डु – साताको कारोबारको पहिलो दिन शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । नेप्से परिसुचक आज १० दशमलव ८३ अंकले घटेर २९ सय २० दशमलव ५१ विन्दुमा रोकिएको छ ।

शेयर बजार मापन सेन्सेटिभ इन्डेक्स भने आज (आइतबार) ० दशमलव ६ अंकले बृद्धि भएको छ । आज २३२ कम्पनीको ७ अर्ब ३० करोड ५० लाख ८ हजार २६३ रुपैयाँ बराबरको १ करोड ४७ लाख ४ हजार २७७ कित्ता शेयर कारोबार भएको छ ।

त्यस्तै कारोबारमा आएका १३ उपससमूहमध्ये ८ उपसमूहको परिसूचक घटेको छ भने ५ उपसमूहको परिसूचक बढेको छ ।जसमध्ये अन्य र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । र्निजीवन बीमा, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक थोरै मात्रै बढेको छ ।

यता वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी २.७७ प्रतिशतले घटेको छ । व्यापार, होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ । आज नेप्से परिसूचक ओरालो लागेपनि दुई कम्पनीको शेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावर रहेका छन् ।

त्यस्तै, मैलुङ्ग खोला जलविद्युत कम्पनी, ग्लोबल आइएमई बैंक, ज्योति लाइफ र सानिमा लाइफको शेयरमूल्य बढेको छ भने सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य सबैभन्दा बढीले घटेको छ । कारोबार भएकामध्ये नेपाल दूरसञ्चार कम्पनी ३२ करोड १४ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर शीर्ष स्थानमा छ । त्यस्तै अपि पावरको १९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement