सेयरबजारमा कारोबार र परिसुचक दुबैमा सुधार


काठमाडौं– नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक ७.२ अंकले बढेको छ । बुधवार कारोवार र परिसुचक दुवै घटेको नेप्से विहिवार भने ७.२ अंकले उकालो लागेपछि सेयरबजारमा सुधार आएको हो । दुई साता यता सेयरवजारमा निकै उतार चढाब आएको छ ।

 

 

प्रधानमन्त्री शेरबहादुर  देउवासहित अन्य सरोकारबाला निकायहरु तरलता समाधान गर्न सक्रिय भएपछि विहिवार सेयरवजारमा त्यसको सकरात्मक प्रभाव पर्यो । नेप्से र कारोवार दुवैमा सुधार देखिएको सेयरबजारमा विहिवार नेप्से १४२३.८३ मा पुगेर रोकिएको छ । यसवाट लगानीकर्ताको मनोबल बढेको अनुमान लगाउन सकिन्छ ।

 

नेप्सेकाअनुसार विहिवार १ सय ५९ कम्पनीका १३ लाख ४९ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । जसमा ५३ करोड ५० लाख ९२ हजार रुपैयां बरावरको कारोबार भएको छ ।

 

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमोटर सेयरको एकै दिन १२ करोड रुपैयांभन्दा धेरैको कारोबार भएपछि सेयरबजारमा सुधार आएको विश्लेषकहरुको दाबी छ । विहिवार एसियन लाइफपछि राष्ट्रिय बीमा कम्पनी र प्रभु बैंकको प्रमोटर शेयरको सबैभन्दा बढी कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस
Advertisement