राष्ट्रियसभा: मिटरब्याजीपीडितले न्याय पाउन्

राष्ट्रियसभा: मिटरब्याजीपीडितले न्याय पाउन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रियसभाको बैठकको शून्य समयमा सांसदहरूले मिटरब्याजी पीडितले न्याय पाउनेदेखि जनताले पूरै ग्यास सिलिन्डर पाउनुपर्ने जनसरोकारका विषय उठाएको छ ।

सांसद पूजा चौधरीले मिटरब्याजसम्बन्धी सबै मुद्दा यथाशीघ्र सुनुवाइ हुनुपर्ने बताएको छ । उनले मिटरब्याज पीडितको न्यायका लागि गठन भएको छानबिन आयोग पूर्ण रूपमा कार्यान्वयन गरी दोषीमाथि कारवाही गर्न ध्यानार्कषण गराए ।

सांसद सावित्री मल्लले जनस्तरमा आधा सिलिन्डर ग्यासको वितरण कार्यले जनता मारमा परेको बताउँदै पूरै ग्यास सुविधा उपलब्ध गराउन माग गरे ।

सांसद विष्णुबहादुर विश्वकर्माले कालीकोटमा भएको भीषण बर्साका कारण नष्ट भएको खेती, भत्किएको बाटोघोटो र सडक मर्मत गर्न आग्रह गरे । सांसद श्रीकृष्णप्रसाद अधिकारीले अर्थ विधेयकमा देखिएको कर दरको हेरफेर सुधारमा जोड दिए ।

सांसद विष्णुकुमारी सापकोटाले प्रधानमन्त्रीले देशको सीमासम्बन्धी अभिव्यक्तिबारे आपत्ति जनाउँदै सरकारको सीमासम्बन्धी स्पष्ट धारणा उपलब्ध गराउनुपर्ने बताए।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले ‘राष्ट्रिय समावेशी आयोगको आव २०८१/८२ को सातौँ वार्षिक प्रतिवेदन सभा समक्ष पेस गरे ।