फिलिपिन्सका समकक्षीसँग राजदूत पराजुलीको भेटवार्ता


ओमान – ओमानका लागि नेपालकी राजदूत सर्मिला पराजुली ढकालले ओमानका लागि फिलिपिन्सका राजदूत इमेल्दा प्यानोलोङ्गसँग भेट गरेकी छन् ।

उक्त भेटका अवसरमा राजदूतहरुले दुई देशको आपसी सम्बन्ध तथा पारस्पारिक सहयोगका सम्बन्धमा आ–आफ्ना विचारहरू राखेका थिए ।

त्यस्तै राजदूत पराजुलीले भदौ २३ गते ओमानस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरूसँग कोभिड–१९ को महामारी लगायत समसामयिक विषयमा दूतावासमा अन्तरक्रिया गरेकी थिइन् । उक्त अवसरमा दूतावासका कूटनीतिक कर्मचारी लगायत स्थानीय कर्मचारीहरूको समेत सहभागिता रहेको थियो ।

साथै राजदूत पराजूलीले भदौ १६ मा भारतीय दूतावासमा भारतका पूर्व राष्ट्रपति स्व.प्रणव मुखर्जीको निधनप्रति नेपाली राजदूतावास मस्कट, आफ्नो व्यक्तिगत तथा ओमानमा रहेका सम्पूर्ण नेपाली समुदायको तर्फबाट समवेदना व्यक्त गरेकी थिइन् ।

त्यस्तै राजदूतले नयाँ पदस्थापन भएका श्रम सहचारी दिनेश ढकाललाई भदौ १४ गते औपचारिक रुपमा स्वागत गरेको दूतावासले जनाएको छ । नयाँ श्रम सहचारीलाई शुभकामना दिँदै राजदूतले उनलाई सदैव ओमानमा रहेका श्रमिकहरूको पक्षमा काम गर्न निर्देशन दिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement