शौर्य मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न


काठमाण्डु – मिथिला चित्रकला मधेशक शान एहिके उजागर करब शौर्यक अभियान मुल नाराका साथ शौर्य सिमेन्टको आयोजना आयोजित मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न भएको छ ।

मधेस प्रदेश स्तरमा गरिएको उक्त कार्यक्रममा १ सय ५० वटा भन्दा बढि आबेदन परेको थियो जसबाट दोस्रो चरणमा ७५ जनालाइ छनौट गरिएको थियो ।

छनौट भएका ७५ जनाले शौर्य सिमेन्ट उद्योग को परिसर स्थित हलमा क्यानभासमा दिइएको बिषय बस्तु अनुसार चित्र बनाउन लगाइएको थियो । उक्त चित्रकलाको आधारमा तेस्रो चरणको लागि १५ जनाको छनौट गरिने छ जसमा शौर्य सिमेन्टको पर्खालमा मिथिला चित्रकला बनाउनु पर्नेछ ।

तेस्रो चरणको प्रतियोगिता पौष २ गतेदेखि ७ गते सम्म चल्नेछ । यस प्रतियोगितामा प्रथम हुनेलाइ ७५ हजार, द्वितीय हुनेलाइ ५० हजार, तृतिय हुनेलाइ २५ हजार र बाकि १२ जनालाइ ५ -५ हजार नगद प्रदान गरिने छ ।

उक्त कार्यक्रमको निर्णयक टिममा मिथिला आर्ट ग्यालरिका संचालक श्याम सुन्दर यादब र सुनैना आर्ट ग्यालरी का सुनैना ठाकुर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement