बंगलादेशी प्रधानमन्त्री शेख हसिना काठमाडाै‌ अाइपुगिन्


काठमाडाै‌- वहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा सहभागिताका लागि बंगलादेशी प्रधानमन्त्री शेख हसिना काठमाडौं आइपुगेकी छन् ।
हसिना भन्दा अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सम्मेलनमा सहभागी हुन काठमाडौं आइपुगेका थिए । हसिनाको स्वागतका लागि रक्षामन्त्री ईश्वर पोखरेलसँगै परराष्ट्र मन्त्रालयका अधिकारीहरु विमानस्थल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement