राष्ट्रपतिको निर्वाचन हेरेर प्रचण्डलाई विश्वासको मत दिएको शेखर कोइरालाको खुलासा


काठमाण्डु- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको बताएका छन् । बिहीबार विराटनगरमा पत्रकारहरुसाग कुरा गर्दै डा. कोइरालाले निर्वाचन अझै बाँकी रहेकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताएका हुन् ।

‘अरु निर्वाचनहरु पनि बाँकी छ । ती निर्वाचनमा हामीहरु उम्मेदवार दिन्छौं। राष्ट्रपतिको निर्वाचन, उपराष्ट्रपतिको निर्वाचनमा प्रदेशका सांसदले पनि भोट हाल्नुहुन्छ, यो सबैलाई विचार गरेर हामीले भोट हालेका हौं ।’, उनले भने ।

त्यसैगरी डा. कोइरालाले आफूबरु सरकारमा भने सहभागी नहुने बताएका छन् । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन फुटाएर नेकपा माओवादीका अध्यक्ष समेत रहेका प्रचण्ड नेकपा एमालेसहितका अन्य साना दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । तर, उनै प्रचण्डलाई संसदको सबै भन्दा ठुलो दल नेपाली कांग्रेसले विश्वासको मत दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement