सरकारले अध्यादेश ल्याउन सक्ने संवैधानिक प्रावधानको दुरुपयोग गर्‍यो : शेखर कोइराला

सरकारले अध्यादेश ल्याउन सक्ने संवैधानिक प्रावधानको दुरुपयोग गर्‍यो : शेखर कोइराला


काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले अध्यादेश ल्याउन सक्ने संवैधानिक प्रावधानको दुरुपयोग गरेको बताएका छन् ।

विराटनगरस्थित कोइराला निवासमा बुधबार पत्रकारहरूसँग डा. कोइरालाले देशै नचल्ने अवस्थामा मात्रै अध्यादेश ल्याउनु पर्नेमा आफू अनुकुलका कानुन बनाउन ल्याइएको बताए ।

‘अध्यादेश देशै नचल्ने अवस्थामा मात्रै अध्यादेश ल्याउनु पर्ने हो । अहिले त अनुकुलका कानुन बनाउन ल्याइएसको छ’, डा.कोइरालाले भने ।

सरकार चलाइरहेका नेपाली कांग्रेस र नेकपा एमालेसँग बहुमत हुँदाहुँदै अध्यादेश ल्याएर देश चलाउन खोज्नु गलत भएको डा. कोइरालाको भनाइ छ । ‘कांग्रेस र एमालेको बहुमत छ । सरकारको अध्यादेश ल्याउने कार्यको विरोध गर्दै कोइरालाले भने ।

अध्यादेशबाट देश चलाउनु निरंकुशताको वान स्टेप भएको टिप्पणीसमेत गर्न भ्याए ।