एकदलीय अधिनायवादी कम्युनिष्ट शासन विरुद्ध एकजुट हुन कार्यकर्तालाई : देउवाको निर्देशन


काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार अधिनायकतर्फको बाटोमा हिडिसकेकोले अव नेता तथा कार्यकर्ता तयार रहन बताएका छन् ।

संस्थापक नेता विपी कोइरालाको को ३६ औं स्मृति दिवसको अवसरमा आईतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले अधिनायवादी कम्युनिष्ट शासन विरुद्ध लड्न तयार रहन निर्देशन दिएका हुन् ।

देउवाले कम्युनिष्ट सरकारको अधिनायवादी शैलीको प्रतिकार गर्न सबैलाई एकजुट हुन पनि निर्देशन दिए । उनले डाक्टर केसीका माग जायज रहेकाले पुरा नगरेसम्म आन्दोलन नरोकिने चेतावनी दिदै चिकित्सा शिक्षा विधेयक हुबहु पास हुनुपर्ने बताए ।

‘प्रजातन्त्रका लागि हिजो पञ्चायतसंग लड्यौ, राणासंग लड्यौ, भोली कम्ष्युनिष्टसंग लड्न परे लड्छौ । यही हो आज विपि कोइराला देखाएको बाटो हिड्नुपर्ने देउवाको भनाई छ ।

शान्तिपुर्ण विरोध गर्न पाउने जनताको अधिकार रोक्नका लागि काठमाडौमा विभिन्न क्षेत्रमा सरकारले निषेधित क्षेत्र घोषणा गरेर पहिलो पल्ट जनताको अधिकार कुण्ठित पार्ने काम गरेको भन्दै उनले एकदलीय तानाशाही सर्वसत्तावादी शासन विरुद्ध एकजुट हुन कार्यकर्तालाई निर्देशन दिए । मानवअधिकारविरोधी सरकारको निर्णयको कडा प्रतिकार गर्नुपर्नेमा उनको जोड थियो ।

कम्युनिष्टहरुलाई विपिले पहिले नै चिनेको तर आफुहरुले चिन्न नसकेकोकले यसलाइ पमहिचान गर्दै एकदलीय सर्वसत्तावादी शासनको कडा प्रतिवाद गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement