कांग्रेस निवर्तमान सभापति देउवा आज स्वदेश फर्किँदै

कांग्रेस निवर्तमान सभापति देउवा आज स्वदेश फर्किँदै

इतर पक्षले विमानस्थलमा स्वागत गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा बिहीबार स्वदेश फर्किँदै छन् । उनलाई स्वागत गर्न पार्टीका इतर समूहका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने तयारी गरेका छन् ।

उनी झन्डै ६ महिनापछि स्वदेश फर्किन लागेका हुन् । कांग्रेसको संस्थापन इतर समूहले साउन २९ गतेदेखि काठमाण्डुमा आयोजना गर्ने राष्ट्रिय भेला तयारी समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा देउवालाई शीर्ष नेताहरूले विमानस्थलमा पुगेर स्वागत गर्नछन् ।

इतर पक्षले देउवालाई बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्ने तयारी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्न लागिएको हो ।

देउवा थाइल्याण्डबाट थाई एयरको विमानमार्फत मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । स्वागतका लागि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहित पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरू विमानस्थल पुग्ने तयारी गरिएको छ ।

जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवा १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए ।

देउवा गत फागुन १३ गते स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए । त्यहाँको उपचारपछि चैत ७ गते थप उपचारका लागि हङकङ पुगेका उनी त्यसपछि थाइल्याण्ड हुँदै नेपाल फर्कन लागेका हुन् ।

स्वदेश फर्किएलगत्तै देउवा पार्टीको आन्तरिक गतिविधिमा सक्रिय हुने र साउन २९ देखि ३१ गतेसम्म हुने राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।