निकुञ्ज भ्रमणपछि देउवाले भने ‘अहिले बाघ देखिएन अर्काेपटक आउछु’


चितवन– जंगल सफारीका लागि विश्व प्रख्यात चितवन राष्ट्रिय निकुञ्जको सोमबार भ्रमणपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाघ हेर्न अर्काेपटक आउने बताएका छन् ।

निकुञ्ज घुमाउनसँगै रहेका मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगानाले भ्रमणका क्रममा सातवटा गैँडा, मयुर, गोही, चराचुरुङ्गी देखेपछि उनले अहिले बाघ देखिएन अर्काेपटक आउने बताएका हुन् ।

नेपाली काँग्रेसका सभापतिसमेत रहेका देउवा कसराको डुमरिया फाँट हुँदै पदमपुर, जर्नेली पोष्ट, विक्रम बाबा दर्शन, घडियाल प्रजनन केन्द्र अवलोकन गर्दै फकिएका थिए ।

“पूर्व प्रधानमन्त्री देउवा गैँडा देखेपछि निकै उत्साहित हुँदै बाघ हेर्न फेरि आउने बताउनुभयो ।” उनले भने । वन र वन्यजन्तु संरक्षणमा निकै चासो राख्ने देउवाले निकुञ्ज संरक्षणमा ध्यान दिन सँगै रहेका संरक्षणकर्मीलाई आग्रह पनि गरे ।

बिहान ८ बजे जिप सफारीका लागि निकुञ्ज छिरेका देउवा १०ः३० बजेमात्रै फकिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement