संसद विघटन बदर गरेर सर्वोच्चले संवैधानिक दायित्व पुरा गर्‍योः सभापति देउवा

संसद विघटन बदर गरेर सर्वोच्चले संवैधानिक दायित्व पुरा गर्‍योः सभापति देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पुरा गरेको बताएका छन् ।

मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा फैसला गरेपछि सभापति देउवाले सर्वोच्च अदालतको संवैधानिक इजालशका न्यायधीशहरुलाई धन्यवाद दिएका छन् ।

उनले आफूले संसद विघटनमा सुरुदेखी नै सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको स्मरण गरेका छन् ।

‘सर्वोच्चले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पुरा गरेको छ । यसका लागि सर्वोच्च अदालतको संवैधानिक इजालशका न्यायधीशहरुलाई पनि म धन्यवाद दिन चाहन्छु’, उनले भने ।

उनले संविधान कार्यान्वयनका क्रममा देखिने विवादहरु समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालत नै भएको बताएका छन् ।

‘संसद विघटनका विषयमा सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ । मैले सुरुदेखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थियो’, उनले भने, ‘सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ । कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ ।’