देउवाले बोलाए पदाधिकारी बैठक, यस्ता छन् एजेण्डा


काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

शनिबार दिउँसो २ बजे बुढानिलकण्ठमा बस्नेगरी बैठक बोलाएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

सभापति देउवाले १४ औं महाधिवेशनबारे छलफल गर्न बैठक बोलाएका हुन् । त्यस्तै भोलीको बैठकमा समसामयिक राजनीतिक विषयवस्तुबारे पनि छलफल हुने देउवाले जानकारी दिए ।

कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म तोकिएको छ । तर, हालसम्म क्रियाशील सदस्यतासमेत वितरण भइसकेको छैन् । कांग्रेसलाई भदौमा महाधिवेशन गर्न संवैधानिक संकट आइपरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement