राष्ट्रपतिलाई प्रधानमन्त्रीको चेतावनीः चिकित्सा ऐन प्रमाणीकरण रोक्न पाइँदैन्


काठमाडौं– अध्यादेशमार्फत जारी चिकित्सा शिक्षा ऐन राष्ट्रपतिबाट प्रमाणीकरण नभएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाको धारणा सार्वजनिक भएको छ।

 

 

प्रधानमन्त्री देउवाले राष्ट्रपतिले चिकित्सा शिक्षा ऐन रोक्नुपर्ने कारण नभएको धारणा राखेका हुन्।

 

 

प्रधानमन्त्री निवास बालुवाटारमा प्रा डा गोविन्द केसीसँगको भेटमा प्रधानमन्त्री देउवाले राष्ट्रपतिले मन्त्रिमण्डलले पारित गरेको ऐन विषयमा थप जानकारी लिइने बताए।

 

 

प्रधानमन्त्री देउवाले ऐन कुनै हालतमा पनि नरोकिने र प्रमाणीकरण हुने नै छ भन्दै प्रा डा केसीलाई विश्वस्त हुन आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।

 

 

प्रधानमन्त्रीसँगको भेटमा प्रा डा केसीले अध्यादेशमार्पmत चिकित्सा ऐन ल्याएकामा धन्यवाद व्यक्त गर्दै छिटो प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पहल गर्न आग्रह गरेका थिए।

 

 

प्रा डा केसीले शिक्षा मन्त्रालयले काठमाडौँ नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिने विषयमा नेपाल मेडिकल काउन्सिललाई लेखेको पत्रको विषय र एमबिबिएस परीक्षामा भएको चिट काण्डको प्रतिवेदन शीघ्र सार्वजनिक गर्नसमेत अनुरोध गरिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
Advertisement