काठमाण्डु – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री राईले चार जना मन्त्री र दुई जना राज्यमन्त्री नियुक्त गरेका हुन् ।
सामाजिक विकास मन्त्रालयको जिम्मेवारी उषाकला राईलाई दिइएको छ । राई एमाले नेता शेरबहादुर तामाङकी पत्नी हुन् । प्रदेशसभामा खोटाङबाट प्रतिनिधित्व गर्ने राईलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
त्यस्तै अर्थमन्त्रीमा माओवादीबाट एमाले प्रवेश गरेका टंक आङबोहाङ, भौतिक पूर्वाधारमन्त्री अम्बिरबाबु गुरुङ, कृषिमन्त्री राम राना रहेका छन् ।
कृषि राज्यमन्त्रीमा कला घले र वन राज्यमन्त्रीमा राजकुमार ओझा नियुक्त भएका छन् । उनीहरुलाई आज दिउँसाे १ बजे सपथ ग्रहण गराउने तयारी भएको मुख्यमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।




प्रतिक्रिया