नेपालमा ‘रुपे’ डिजिटल कार्डको शुभारम्भ


काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले ‘रुपे’ डिजिटल कार्ड नेपालमा प्रयोगको शुभारम्भ गरेका छन् ।

शनिबार दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलमा भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो भुक्तानी कार्डको उद्घाटन गरेका हुन् ।

‘भिसा’ र ‘मास्टर कार्ड’ जस्तै उक्त कार्ड भारतका बैंकहरूले चलाउन थालेका छन् । त्यस कार्डलाई अब नेपालको बैंकसँग पनि जोड्न सकिने भएको छ  । सो कार्ड ७० करोड भारतीयले प्रयोग गर्ने दावी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement