१ नम्बर प्रदेशको मुख्यमन्त्री शेरधन बन्ने पक्का, भिम आचार्य दल नेतामा पराजित


विराटनगर — पुर्व संचारमन्त्री शेरधर राई १ नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने पक्का भएको छ । राई शुक्रवार भएको निर्वाचनमा पुर्व पर्यटनमन्त्री भिम आचार्यलाई हराउदै एमाले संसदीय दलको नेतामा चयन भएका छन् ।

प्रदेश नम्बर १ मा एमालेका जम्मा ५१ प्रदेश सांसद रहेका छन् । जसमध्ये राईले २६ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी एमाले सचिव आचार्यले २४ मत प्राप्त गरे । निर्वाचनमा १ मत भने बदर भएको छ ।

आचार्य एमाले नेता माधव नेपाल निकट हुन भने राई एमाले अध्यक्ष ओलीका विश्वास पात्र हुन ।

प्रतिक्रिया दिनुहोस
Advertisement