बेलायती प्रहरीको एड्भाइजरी बोर्डमा पूर्वडीएसपी श्रेष्ठ नियुक्त


काठमाण्डु – नेपाल प्रहरीका पूर्वडीएसपी शिवजी श्रेष्ठ बेलायती प्रहरीको क्षेत्रीय एड्भाइजरी बोर्डमा नियुक्त भएका छन् ।

नेपाल प्रहरीका पूर्व डिएसपी श्रेष्ठको व्यवसायिक पृष्ठभूमि र यहाँको स्थानीय समुदायमा उनको सक्रियताका आधारमा प्रहरीको सल्लाहकारमा नियुक्त गरिएको हो । उनी हाल बेलायतमा बसाेबास गर्दै आएका छन् ।

बोर्डमा श्रेष्ठको नाम प्रस्ताव भइसकेपछि ह्याम्पशायर कन्सट्याबुलरीका उच्च प्रहरी अधिकारीहरुसँगै बेलायत सरकारका पूर्व गृहमन्त्री समेतको सहभागितामा छलफलपछि उनलाई नियुक्ति दिइएको हो ।

ह्याम्पशायर कन्सट्याबुलरीको ‘फोर्स स्ट्याटेजिक इण्डिपेन्डेन्ट एड्भाइजरी ग्रुप’ मा नियुक्त ८ सदस्यमध्ये श्रेष्ठ पनि एक छन् । श्रेष्ठको कार्यकाल आउँदो वर्षको सुरुदेखि २ वर्षकाे हुनेछ ।

बेलायतमा नेपालीहरुको उल्लेख्य बसोबास रहेका अल्डरसट, फार्नबरोदेखि हुक, बेजिंगस्टोक, विन्चेस्टर, अल्टन, साउथह्याम्पटन, पोर्टस्माउथ र आइल अफ ह्वाइटसम्मका क्षेत्र बेलायती प्रहरीको ह्याम्पशायर कन्सट्याबुलरीको कार्यक्षेत्रमा पर्छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement