स्कूल–कलेजदेखि विवाह समारोहसम्म, शिखर सुजका नयाँ जुत्ता

स्कूल–कलेजदेखि विवाह समारोहसम्म, शिखर सुजका नयाँ जुत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– फर्मल, पार्टी तथा विद्यालय–कलेजको ड्रेसका लागि छालाका जुत्तामा आफ्नो छुट्टै पहिचान बनाएको नेपाली ब्रान्ड शिखर सुजले नयाँ डिजाइनका जुत्ता बजारमा ल्याएको छ ।

विवाह, भोजभतेर, पार्टी, औपचारिक कार्यक्रम तथा विभिन्न समारोहमा लगाउन मिल्ने गरी कम्पनीले नयाँ डिजाइनका छालाका जुत्ता सार्वजनिक गरेको हो ।

त्यसैगरी विद्यालय तथा कलेजको ड्रेसका लागि आवश्यक औपचारिक जुत्तालाई पनि नयाँ कलेक्सनमा समेटिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नयाँ उत्पादनमा आकर्षक डिजाइनसँगै आरामदायीपन, गुणस्तर र टिकाउपनलाई विशेष ध्यान दिइएको छ ।

नेपाली उपभोक्ताको दैनिक आवश्यकता, बदलिँदो फेसन र प्रयोगको प्रकृतिलाई मध्यनजर गर्दै विभिन्न उमेर समूह तथा प्रयोजनका लागि उपयुक्त हुने जुत्ता बजारमा ल्याइएको हो ।

शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंका अनुसार कम्पनीले लामो समयदेखि उपभोक्ताको विश्वासलाई आफ्नो सबैभन्दा ठूलो सम्पत्तिका रूपमा लिँदै आएको छ ।

विवाहको सिजन सुरु हुनै लाग्दा नयाँ डिजाइनका उत्पादन बजारमा उपलब्ध गराइएको उनले बताए ।


‘दीपक जी पार्टीमा ?’ भन्ने विज्ञापनले शिखर सुजलाई नेपाली उपभोक्तामाझ एउटा छुट्टै पहिचान दिएको थियो । त्यो पहिचान र उपभोक्ताले हामीप्रति देखाउनुभएको विश्वासलाई अझ बलियो बनाउँदै नयाँ पुस्ताको रुचि र आवश्यकताअनुसार उत्पादन ल्याइरहेका छौँ’, प्रसाईंले भने, ‘विवाह, पार्टी तथा औपचारिक समारोहदेखि विद्यालय र कलेजसम्मका लागि उपयुक्त हुने गुणस्तरीय छालाका जुत्ता उपलब्ध गराउनु हाम्रो उद्देश्य हो ।’


कुनै समय नेपाली समाजमा कसैले चिटिक्क परेर औपचारिक जुत्ता लगाउँदै कतै जान लागेको देख्दा सोधिने चर्चित प्रश्न थियो, ‘दीपक जी पार्टीमा ?’ शिखर सुजको विज्ञापनमा प्रयोग भएको यही संवाद नेपाली जनजीवनसँग जोडिएको लोकप्रिय अभिव्यक्ति बनेको थियो। हास्य अभिनेता दीपकराज गिरीको उपस्थितिले विज्ञापनलाई थप लोकप्रिय बनाएको थियो ।


तीन दशक लामो व्यावसायिक यात्रामा शिखर सुजले नेपाली जुत्ता बजारमा आफ्नो छुट्टै स्थान बनाएको छ ।

स्वदेशी उत्पादनमार्फत उपभोक्ताको आवश्यकता पूरा गर्ने प्रयास गर्दै आएको कम्पनीले गुणस्तर, डिजाइन र सहज उपलब्धतालाई आफ्नो व्यावसायिक यात्राको आधार बनाउँदै आएको छ ।


नेपाली उत्पादनप्रतिको विश्वासलाई कायम राख्दै समयअनुसार डिजाइन र शैलीमा परिवर्तन गर्नु कम्पनीको प्राथमिकता रहँदै आएको छ ।

नयाँ कलेक्सनमार्फत विवाह, पार्टी, औपचारिक कार्यक्रम तथा विद्यालय र कलेजका लागि फरक–फरक प्रयोजनअनुसारका छालाका जुत्ता उपभोक्ताले छनोट गर्न सक्ने कम्पनीले जनाएको छ ।