देशको सेवा र विकासका लागि एकजुट हुनुपर्छ : नेता सिंह


काठमाण्डु – नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले देशको सेवा र विकासका लागि आम नागरिक एकजुट हुनुपर्ने बताएका छन् ।

बिन्धवासिनी आध्यात्मिक सङ्घद्वारा चन्द्रागिरि नगरपालिका–१० मा आज आयोजित कार्यक्रममा नेता सिंहले भने, “देश र सामाजिक विकासका काममा राजनीति घुसाउनु हुँदैन, राजनिति गर्ने भनेको चुनावको समयमा हो, बाँकी समय विकासका काममा सबै एकजुट हुनुपर्छ ।”

नेता सिंहले असल कामको मुल्याङ्कन जनताले गर्ने उल्लेख गरे । नेपालमा भनसुनका कारण विकास निर्माणका काम हुने गरेको उल्लेख गर्दै उनले आवश्यकताका आधारमा विकास गर्न जरुरी भएको र भनसुनको हिसाबमा काम गर्ने परिपाटी अन्त्य हुनुपर्ने जिकिर गरे ।

कार्यक्रममा कांग्रेस नेता तथा पूर्वमन्त्री दीपकुमार उपाध्यायले चन्द्रागिरि नगरपालिका–१० मा निर्माणाधीन अवस्थामा रहेको विन्धबासिनी माताको मन्दिर निर्माणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने धारणा राखे ।

बागमती प्रदेशका पर्यटनमन्त्री पुकार मर्हजनले प्रदेश सरकारले धार्मिक, सांस्कृतिक, पर्यटनलगायत क्षेत्रमा उल्लेख बजेट विनियोजन गर्दैै ती क्षेत्रमा थुप्रै विकासका काम भइरहेको जानकारी दिए । बिन्धबासिनी मन्दिर निर्माणका लागि प्रदेश सरकारको तर्फबाट बजेट विनियोजन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement