काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालले गत १० भदौमा आएको रसुवा विनाशकारी बाढीले नेपालले पछिल्ला दुई दशकभन्दा लामो समयदेखि अघि बढाउँदै आएको समृद्धिको यात्रामा धक्का पुर्याएको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा उनले बाढी विपद्को प्रभावले विकास र समृद्धिका लागि लामो समयदेखि बनाइएको आधारमै असर परेको बताए ।
उक्त बाढीलाई सामान्य प्राकृतिक विपद्का रूपमा मात्र हेर्न नहुने मन्त्री खनालको भनाइ थियो ।
‘अहिलेको यो जुन बाढी छ, मैले हिमालयन सुनामी भन्ने गरेको छु । यो जुन डिजास्टर अनुभव गरियो’, उनले भने, ‘त्यसले हामीले पछिल्लो समय कम्तीमा पनि २०÷२५ वर्षदेखि बनाइराखेको समृद्धिको न्यारेटिभमा नै धक्का पुर्याएको छ ।’
बाढीको असर रसुवामा सीमित नरही नुवाकोट, धादिङ र चितवनसम्मका नदी तटीय क्षेत्रमा परेको उनको भनाइ थियो ।




प्रतिक्रिया