अमेरिका जाने भएपछि खुशी हुँदै शृंखलाले भनिन्ः म कसरी व्यक्त गरुँ !


काठमाण्डु – पूर्व मिस नेपाल शृंखला खतिवडा विश्वकै चर्चित विश्वविद्यालय हार्वर्डमा पढ्न जाने भएकी छन् ।

अमेरिकाको बोस्टनमा रहेको हार्वर्ड विश्वविद्यालयमा शृंखलाले अर्बान प्लानिङ (सहरी विकास योजना) विषयमा स्नातकोत्तरमा भर्ना पाएपछि उनी आगामी अगस्ट महिनामा अध्ययनका लागि अमेरिका जान लागेकी हुन् ।

हार्वर्डबाट अध्ययनको लागि स्वीकृति पाएसँगै उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत खुसि साटेकी छन् । उनले भनेकी छन्, ‘यो मेरा लागि अहिलेसम्मकै खुसीको कुरा हो । कसरी व्यक्त गरुँ !’

सन् २०१८ मा मिस नेपाल बनेकी श्रृंखलाले दुई वर्षको कोर्स सकेर नेपाल नै फर्किने योजना बनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement