मन्त्रिपरिषद वैठक :सहायरकथी श्रेष्ठ उपरथीमा बढुवा 


काठमाडौं – नेपाली सेनाका सहायकरथी निरन्जन श्रेष्ठको उपरथीमा बढुवा भएको छ । सैनिक मुख्यालयको सिफारीसमा मन्त्रिपरिषदको सोमबार सांझ बसेको वैठकले श्रेष्ठलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो । 

श्रेष्ठ निरिक्षणाधिकृतको कार्यालयमा कार्यरत थिए । उनले बेलायतबाट नेशनल डिफेन्स कोर्स एनडिसी गरेका छन् । श्रेष्ठलाई बढुवासहित उपत्यका पृतनाको पृतनापतिको जिम्मेवारी दिइएको छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement