सिंचाइ सचिव यादव मृत अवस्थामा भेटिए


चितवन– त्रिशूलीमा गाडी खसेर बेपत्ता भएका सिंचाइ सचिव रामानन्द यादव मृत अवस्थामा भेटिएका छन् । यादवसंगै बेपत्ता भएका अन्य २ जनाको अवस्था भने अझै अज्ञात छ ।

घटनास्थलमा खटिएका नेपाल प्रहरीका सई पूर्णबहादुर लामाले सचिव यादवको शव भेटिएको पुष्टि गरे ।
शनिबार बिहान ३ बजेतिर सचिव यादव सवार बा २ झ ३१४० नम्बरको गाडी पृथ्वी राजमार्गअन्तर्गत धादिङको सलाङमा त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो ।

दुर्घटनामा सचिव यादवसहित उनका २२ वर्षीय छोरा सन्तोष र साथीको छोरी १५ वर्षीया उन्नति गुप्ता वेपत्ता भएकोमा सचिव यादवको शव फेला परेको हो । दुर्घटनामा चालक निराजन यादव घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement