भारतीय टेलिभिजन कलाकार सिद्धार्थ शुक्लाको निधन


एजेन्सी – भारतीय चर्चित टेलिभिजन कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ । टेलिसिरियल बालिका बधुबाट चर्चामा आएका उनको बिहीबार हृदयघातका कारण निधन भएको हो ।

४१ वर्षिय शुक्लाको उनको हृदयघातका कारण मृत्यु भएको कुपर अस्पतालले जानकारी दिएको छ । ४१ वर्षीय शुक्लालाई बिहीबार बिहान हृदयघात भएको थियो । त्यसपश्चात उनलाई अस्पताल लगिएको थियो ।

आमा र दुई बहिनीसँग बस्दै आएका शुक्लाले शोबिजमा मोडलिङ गरेर आफ्नो करिअर सुरू गरेका थिए । टेलिभिजन सिरियल ’बाबुलका आंगन छुटे ना’बाट डेब्यू गरेका शुक्ला भारतको चर्चित रियालिटी शो बिग बोस सिजन १३ का विजेतासमेत हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement