सिद्धार्थ बैंकका शेयरधनीलाई १० प्रतिशत बोनस

सिद्धार्थ बैंकका शेयरधनीलाई १० प्रतिशत बोनस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–सिद्धार्थ बैंक लिमिटेडले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ ।

बैंकले बोनस शेयरसँगै नगद लाभांशसमेत वितरण गर्ने निर्णय गरेको छ ।

बैंक सञ्चालक समितिको असोज १ गते बसेको बैठकले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावअनुसार शेयरधनीले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश पाउनेछन् । नगद लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समेटिएको छ ।

यसैगरी बैंकले अग्राधिकार शेयरधनीका लागि ८.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

सञ्चालक समितिबाट प्रस्तावित लाभांश वितरणका लागि भने नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ ।

राष्ट्र बैंकबाट स्वीकृति पाएपछि बैंकको आगामी वार्षिक साधारणसभाले प्रस्ताव पारित गर्नुपर्नेछ । त्यसपछि मात्र शेयर धनीलाई लाभांश वितरण गरिनेछ ।