सिके राउतले सप्तरी-२ मा उपेन्द्र र महन्थसँग मागे सहयोग


काठमाण्डु- जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टा छुट्टै भेटवार्ता गरेका छन् ।

सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य लड्ने घोषणा अध्यक्ष राउतले यादव र ठाकुरसँग सहयोग मागेका हुन् । जनमत पार्टीका प्रवक्ता चन्दन सिंहका अनुसार राउतले आफू उठ्ने क्षेत्रमा सहयोग गर्न यादव र ठाकुरसँग आग्रह गरेका छन् । सयहोग गर्नको लागि उनीहरु दुबै जना सकरात्मक रहेको पनि उनले बताए । ‘दुबै जनासँग डाक्टरसाबले कुरा गर्नुभएको छ । उहाँहरू सकारात्मक देखिनुभएको छ,’ सिंहले भने।

राउतले सप्तरी क्षेत्र नं. २ बाट उम्मेद्वारी घोषणा गरेका छन् । यो क्षेत्रबाट २०७४ मा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी भएका थिए । सो क्षेत्रको मुख्य स्थानीय तह राजविराज नगरपालिकामा जसपाले मेयर र उपमेयर जितेको छ । जनमत पार्टीले रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी सहित अन्य दलहरूसँग पनि सहकार्यका लागि संवाद जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement