सिके राउतद्धारा राष्ट्रपतिको कदमविरुद्ध आन्दोलनको घोषणाः पुतला दहनदेखि माइकिङसम्म गर्ने


काठमाण्डु- सिके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । असोज ७ गते बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आन्दोलनको घोषणा गरेको हो ।

संघीय संसदको दुवै सदनले बहुमतले पारित गरेको उक्त विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तिम समयमा आएर प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन् । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर लाखौँ योग्य नागरिकलाई नागरिकताको अधिकारबाट वञ्चित गरेको पार्टीको दावी छ ।

त्यसकारण राष्ट्रपतिको कदमविरुद्ध आन्दोलन गर्ने भएको हो । जसअनुसार असोज ९ र १० गते हरेक वडामा दसैंको शुभकामना दिनुको साथै नागरिकताको अधिकार खोसेको विषय बारेमा माइकिङ गर्ने जनाईको छ । असोज ११ गतेदेखि १८ गतेसम्म वडास्तरमा बिहान र दिउँसो अन्तरक्रिया कार्यक्रम तथा विरोध प्रदर्शन र असोज १९ गते पुतला दहनको कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement