यस्ता छन् साइलेन्ट हर्ट -अट्याकका ५ लक्षणहरु जानी राखौं


काठमाडौँ –  मृत्युका धेरै कारण छन् । केहीबेर अघिसम्म स्वस्थ भनिएको मानिस केहीबेर पछी अकास्मात मरेको खबर पाईन्छ भने कस्तो होला ? कुनै दुर्घटनाको कारण हुने मृत्युको कुरा फरक छ, तर आफ्नै स्वास्थ्य र आफ्नै शरीरको कुनै अंगले एक्कासि काम गर्न छाडेपछी हुने मृत्युलाई कसले रोक्न सक्ला ? यस्तै स्थिति हो हर्ट(अट्याक । त्यसमा पनि साइलेन्ट हर्ट-अट्याक खतरनाक छ ।

हर्ट-अट्याकका कारण मृत्यु हुनेहरु धेरै छन् तर पछिल्लो समय चर्चामा रहेका दुई हर्ट(अट्याकका घटनाले आम मानिसहरुमा ठूलो डर पैदा गरिदिएको छ । साइलेन्ट हर्ट-अट्याकलाई साइलेन्ट मायोकार्डियल इन्फ्रेक्शन silent myocardial infarction (SMI) भनिन्छ । यस्तो हर्ट-अट्याक हुनु अघि छातीरमुटु दुखाईको महसुस हुँदैन, त्यसैले हर्ट-अट्याक हुँदैछ भन्ने थाहा हुँदैन । तर अरुनै लक्षणहरु भने थाहा पाउन सकिन्छ ।

 यस्तो हर्ट-अट्याक हुन लाग्दा दुखाई थाहा नहुन पनि सक्छ ?
कयौंपटक दिमाग (ब्रेन) सम्म दुखाई महसुस गराउने नशा वा स्पाइनल कर्डमा समस्या हुने कारणले वा साइकोलोजिकल कारणले पनि यस्तो हर्ट-अट्याक हुँदा व्यक्तिलाई दुखाईको महसुस हुँदैन । यसको अलावा धेरै उमेर भएका तथा डाईबिटीज रोग भएकाहरुलाई अटोनमिक न्यूरोप्याथीको कारण पनि यस्तो दुखाई महसुस हुँदैन ।

साइलेन्ट हर्ट-अट्याकको ५ लक्षणहरु

१. ग्यास्ट्रिक समस्या, पेटमा खराबी हुनु

२. बिना कारण अल्छीपन वा कमजोरी महसुस हुनु

३. थोरै काम गर्दा पनि थकाई लाग्नु

४. अचानक चिसो पसीना आउनु, गला वा पाखुरा दुख्नु

५. पटक-पटक स्वास फुल्ने (स्व–स्वा बढी हुनु), स्वास प्रस्वासमा समस्या हुनु

साइलेन्ट हर्ट-अट्याकका ५ कारणहरु

१. धेरै ओएली (तेल), चिल्ला पदार्थ र प्रोसेस्ड फूड सेवन गर्नु

२. सारीरिक कसरत नगर्नु वा काम नगरी दिन व्यतित गर्नु

३. रक्सि तथा धुम्रपान सेवन गर्नु

४. डाइभिटीज र मोटोपन हुनु

५. कामको चाप बढ्नु तथा तनाव बढी हुनु

साइलेन्ट हर्ट-अट्याकबाट बच्ने ५ उपायहरु

१. डाइटमा सलाद, तरकारीहरु ज्यादा सेवन गर्ने ।

२. निरन्तर हिड्ने, सरिरलाई चलायमान बनाउने जस्ता काम गर्ने, सारीरिक व्यायाम गर्ने, योगहरु गर्ने ।

३. धुम्रपान तथा मध्यपानबाट टाढा रहने ।

४. खुसि रहने ,तनाबमा नरहने ।

५. निरन्तर मेडिकल चेक-अप गराउने तथा उपचार गर्ने ।

प्रतिक्रिया दिनुहोस
Advertisement