शिल्पा पोखरेललाई पक्राउ गर्ने बाटो खुल्यो, सर्वोच्चले दियो यस्तो आदेश


काठमाडौं – अभिनेत्री शिल्पा पोखरेलले आफूविरुद्ध पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालतको निर्णयविरुद्ध दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गर्न आदेश दिएको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको जलासले आज पोखरेलको सो रिट खारेज गर्ने निर्णय गरेको हो ।

जिल्ला अदालतले फिल्म निर्माता छवि ओझासँगको विवादमा जेठी श्रीमती हेमा कुमारी ओझाले बहुविवाह भएको दाबी गर्दै प्रहरीमा जाहेरी दिएपछि पक्राउ पुर्जी जारी गरेको थियो ।

बहुविवाह मुद्दामा अनुसन्धान गर्न छवि र शिल्पा दुबैका नाममा पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला अदालतले पुर्जी जारी गरेपछि अभिनेत्री पोखरेल उच्च अदालत हुँदै सर्वोच्च पुगेका थिइन् ।

शिल्पाले २०७६साउन २९ गते रिट हालेकी थिइन् । उक्त रिटमा सुनुवाई गर्दै भदौ १ गते अदालतले शिल्पालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले दिएको आदेश अनुसार पक्राउ पुर्जी कार्यान्वयन नर्गन अन्तरिम आदेश जारी गरेको थियो ।

उक्त आदेशपछि शिल्पा खुल्ला रुपमा हिड्न पाएकी थिइन् । जिल्ला अदालतको पक्राउ पुर्जीपछि छवि र शिल्पा दुबै फरार रहेका थिए ।

शिल्पाले आफ्नो बारेसमार्फत् सर्वोच्चमा रिट दायर गरेकी थिइन् । जिल्ला अदालत काठमाडौंले बहु–विवाहमा मुद्दा दायर भएपछि छवि र शिल्पा दुबैलाई पक्राउ पुर्जी जारी गरेको थियो । जिल्ला अदालतले पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनीहरू हालसम्म फेला परेका छैनन् ।

आफूविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सर्वप्रथम अभिनेत्री पोखरेल उच्च अदालत पाटनमा निषेधाज्ञा मुद्दा लिएर पुगेकी थिइन् । उच्च अदालतमा उनले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी खारेज हुनुपर्ने जिकिर गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement