अन्ततः राजीनामा स्विकृत भयो सिलवालको, गृहमन्त्रीले सिलवालको फाइल रोकेपछि गृहसचिवलाई यसरी हकारे


काठमाडौं – नेपाल प्रहरीको डिआईजीबाट राजिनामा दिएका नवराज सिलवालको राजीनामा स्विकृत भएको छ ।  गृहमन्त्री जनार्दन शर्माले सिलवालको राजीनामा स्विकृत गरेका हुन । मन्त्री शर्माले असोज १९ गतेको मिति राखेर सिलवालको राजीनामा स्विकृत गरेका हुन । डिआईजी सिलवालले आफ्नो राजीनामा स्विकृत भएको बताए ।

 

 

‘म अहिले बाहिर छु, मेरो राजीनामा स्विकृत भएको जानकारी भने आएको छ ।’ सिलवालले काठमाडौंपाटीसंग कुरा गर्दै भने ।

 

 

नेपाल प्रहरी पुर्व अधिकारी सिलवाल शुक्रवार एमालेमा प्रवेश गरेका थिए । नेपाल प्रहरीमा चर्चीत काम गरेर निकै लोकप्रिय रहेका सिलवाल प्रहरी प्रमुखको दौडमा रहेको बेला सरकारले वरियतामा पछि रहेका डिआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाएपछि उनि सर्वोच्च अदालतको ढोकामा पुगेका थिए ।

 

 

सिलवालले दायर गरेको रिटमा सर्वोच्चले फैसला सुनाउदै डिआईजी चन्दको नियुक्ती बदर गरेको थियो । त्यसपछि पनि सरकारले प्रतिशोध साधेर सिलवालको ठाउमा डिआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।

 

 

 

नेपाली कांग्रेस र माओवादी नेतृत्वको गठवन्धनले उनलाई एमाले निकट भएको आरोप लगाउदै आएको थियो । तर,सिलवालले भने प्रहरी सेवामा रहदा आफुले व्यवसायीक धर्म निर्वाह गरेको बताउदै आएका थिए  ।

 

सर्वोच्चमा आफुलाई प्रहरी प्रमुख बनानुपर्ने भन्दै सिलवालले दायर गरेको मुद्दामा उनलाई हराएको थियो । प्रधानन्यायधीस गोपाल पराजुलीले तत्कालिन प्रधानन्यायधीस शुसिला कार्कीले गठन गरेको बृहत बेन्च परिवर्तन गरेर नयां वेन्च गठन गरेका थिए । उक्त बेन्चले नै सिलवालको मुद्दा खारेज गरेको थियो । 

 

 

 

 

सर्वोच्चको फैसलापछि सिलवालले नेपाल प्रहरीबाट राजीनामा दिएपनि उनको राजीनामा भने लामो समयदेखी स्विकृत भएन् । गृहसचिव लोकदर्शन रेग्मीले प्रधानमन्त्री शेरबहादुर देउवाको दबावमा उनको राजीनामा रोकेर राखेका थिए ।

 

 

 

 

एमाले र माओवादी केन्द्रको गठवन्धन बनेपछि गृहमन्त्री शर्माले नै उनको राजीनामा स्विकृतीका लागी पहल गरेपनि गृहसचिव रेग्मीले भने फाइल अघि बढाउन आलटाल गरेका थिए । तर,शुक्रवार गृहमन्त्री शर्मा निकै आक्रोसित भएका थिए । उनले गृहसचिवलाई तुरुन्त फाइल झिकाउन आदेश दिएपछि भने रेग्मीले फाइल अघि बढाएका थिए ।

 

 

 

सिलवालको तत्कालिन प्रधानन्यायाधीस शुसिल कार्कीसंग निकै सुमधुर सम्बन्ध थियो । कार्कीले सिलवाललाई सरकारले अन्याय गरेको बताउदै आएकी छन् । उनले सरकारले पद्धती मिचेको आरोप समेत लगाएकी थिईन ।

प्रतिक्रिया दिनुहोस
Advertisement