सिन्धुलीमा स्काभेटर र टिप्परमाथि प्रेसर कुकर बम आक्रमण


सिन्धुली – सिन्धुलीमा बुधबार राति प्रेसरकुकर बम आक्रमण भएको छ । सिन्धुलीको दुधौली नगरपालिका–१४ स्थित सिमराई खानीवेशी सडकखण्डमा मारुती सिमेन्ट खानीको बाटो निर्माणको क्रममा पार्किङ गरेर राखिएको दुईवटा स्काभेटर र टिप्परमाथि अज्ञात समूहले प्रेसर कुकर बम आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

एक स्काभेटर पूर्ण रुपमा क्षति भएको छ भने अर्को स्काभेटर र टिप्परको अगाडिको भागको सिसा फुटेको सिन्धुलीका प्रहरी प्रमुख चक्रबहादुर सिंहले जानकारी दिए । स्काभेटरमा बम आक्रमण गर्नेमा विप्लव कार्यकर्ताहरुकै संलग्नता भएको आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement