सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री 

सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा निधन भएका श्रीकृष्ण विश्वकर्माको प्रहरी कुटपिटबाट नभएको बताएका छन्।

राष्ट्रियसभाको बैठकमा जवाफ दिँदै उनले हिरासतमा रहँदा प्रहरीले कुनै शारीरिक वा मानसिक पीडा नदिएको प्रतिवेदनमा उल्लेख भएको बताए 

‘छानबिन समितिको प्रतिवेदनमा उनको मृत्यु कुटपिट नभइ आत्महत्या देखिएको छ,’ उनले भने । 

‘टेबल, कुर्सी नभएको हिरासतमा सात फिटमाथि पुगेर कसरी आत्महत्या गरेको हुनसक्छ भनी सांसद सुनारले जिज्ञासा राखेका थिए । 

यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको र नयाँ विषय आएपछि फेरि जानकारी गराइने उनको प्रतिबद्धता गरे । 

बैठकमा राष्ट्रियसभा सदस्य सुनारले जातका आधारमा विभेद भइरहेका विषयमा जिज्ञासा राखेका थिए ।

 नेपाल प्रहरीभित्र दलित सेल कार्यान्वयनमा ल्याइएको पनि उहाँले सुनाउनुभयो ।

बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाउनुभएको थियो ।