काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरो प्रभावितलाई प्रतिपरिवार ५० हजार राहत दिने घोषणा गरेका छन ।
सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्र हेलम्बु पुगेका प्रधानमन्त्री ओलीले बाढीबाट क्षति पुगेका ३६६ घरपरिवारलाई सरकारले तत्काल प्रतिपरिवार ५० हजार दिने बताएका हुन् ।
त्यस्तै उनले बाढीबाट घाइते भएकाको उपचार सरकारले गर्ने, बाढीले भत्काएको पुल, विद्यालय बनाउने बताए । प्रधानमन्त्री ओली मनसुन सुरु भएसँगै असार १ गते मेलम्ची खोलामा आएको बाढीको निरीक्षणका क्रममा उनी अहिले बाढीग्रस्त क्षेत्रमा छन् । प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशबगर पनि जाने छन्।
उनले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण पनि गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत रहेका छन् ।
प्रतिक्रिया