सिन्धुपाल्चोक कारागारबाट फरार रहेका कैदी काठमाडौंमा पक्राउ


काठमाडौँ– सिन्धुपाल्चोक कारागारबाट फरार रहेका कैदी काठमाडौंको मुलपानीमा पक्राउ परेका छन् । जिल्लाको साविक भोताङ्ग गाविस–२ का ६१ वर्षीय मान लामालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको मुलपानीबाट पक्राउ गरेको हो ।

२०७२ बैशाख १२ गतेको विनासकारी भूकम्पबाट सिन्धुपाल्चोक जिल्लाको कारागारबाट भागेका लामालाई प्रहरीले आइतबार पक्राउ गरेको हो । काराकार भत्कन गई कारागारबाट भागेर फरार रहेका २ सय १२ जना कैदी तथा थुनुवामध्येका कर्तव्यज्यान मुद्दामा जिल्ला अदालत सिन्धुपाल्चोकको २०६३ चैत ७ गतेको फैसलाले २० बर्ष कैद भई कैद भुक्तान गरिरहेका उनलाई कारागार कार्यालय सिन्धुपाल्चोक पठाइएको व्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement