विवादित गीत युट्युवबाट ‘डिलिट’, छुटे गायक दुर्गेश थापा


काठमाडौं – चर्चित गायक दुर्गेश थापा प्रहरी नियन्त्रणबाट छुटेका छन् । ‘ह्याप्पी तिहार, चिसो बीयर’ बोलको विवादित गीत गाएपछि गायक थापा मंगलबार बालाजुबाट पक्राउ परेका थिए । गायक थापाले उक्त विवादित गीथ युट्युवबाट हटाएपछि उनलाई प्रहरीले छाडेको हो ।

थापाले तिहारको बेला बीयर खाने प्रचार गरेको र कानूनी रूपमै प्रतिबन्धित गरिएको गाँजा खानुपर्छ भन्दै गीत गाएपछि दुर्गेशविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेका थियो । थापाले ‘ए निकाल गाँजा, खानुपर्छ आज’ गीत गाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement