गायिका माइली साइरसले लगाइन् बैवाहिक सम्बन्धमा पूर्णविराम


एजेन्सी – अमेरिकी चर्चित गायिका माइली साइरसले आफ्नो बैवाहिक सम्बन्धमा पूर्णविराम लगाएकी छन् ।

हलिउडका सबैभन्दा ‘हट एण्ड ह्यापनिङ’ जोडीमध्ये एक माइली साइरस र नायक लिएम हेम्सवर्थले विवाहको एक वर्षभित्रै अलग्गिने निर्णय गरेका हुन् । एक अमेरिकी रिपोर्टका अनुसार दुबैले आपसी सहमतीमा अलग्गिने निर्णय गरेका हुन् । माइली र लिएमले सन् २०१८ को डिसेम्बरमा विवाह गरेका थिए । विवाह अघि यी दुईले विगत १० वर्षदेखि एक अर्कालाई चिन्दथे ।

माइली र लिएमलले आफ्नो ध्यान करियरमा केन्द्रीत गर्न चाहेको उनका प्रतिनिधिहरुले सञ्चारमाध्यमलाई बताएका छन् । माइली साइरस सामाजिक सञ्जाल इन्स्टाग्राममा पनि निकै सक्रिय देखिन्छिन्

प्रतिक्रिया दिनुहोस
Advertisement