चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’ पक्राउ


काठमाडौं – नेपालका चर्चित र्यापर तथा गायक समिर घिसिङ ‘भिटेन’ पक्राउ परेका छन् । असइको बर्दी लगाएर गाँजा सेवन गर्दै गरेको अवस्थामा भिटेनलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जावलाखेलबाट पक्राउ गरेको एसएसपी सहकुल थापाले जानकारी दिए ।

‘चुरोट’ नामको गीत गाएर चर्चामा आएका रौतहटका भिटेनले ‘हामी यस्तै त हो नि ब्रो’ जस्ता गीत गायर चर्चा कमाएका थिए । भिटेनले अश्लिल गीतहरू गाएको आरोप लागेको छ । उनीविरुद्ध सार्वजनिक अपराधको मुद्धा लगाउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement