काठमाण्डु– प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सञ्चारकर्मीहरूलाई प्रवेशमा रोक लगाइएको छ ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले ब्रिफिङ गर्ने कार्यसूची थियो । तर उक्त रिपोर्टिङ गर्न पुगेका सञ्चारकर्मीलाई ‘संवेदनशील विषय’ भएको भन्दै समिति बैठकको रिपोर्टिङमा रोक लगाइएको हो ।
बैठकमा परराष्ट्रमन्त्री खनालले आफ्ना हालैका छिमेकी मुलुकहरू भारत र चीन भ्रमणका साथै समसामयिक कूटनीतिक विषयहरूमा समितिका सदस्यहरूलाई जानकारी गराएका थिए ।
नेपालको परराष्ट्र नीतिका विविध आयाम र भ्रमणका उपलब्धिबारे समितिलाई अवगत गराएको एक सांसदले बताए ।
गम्भीर तथा कूटनीतिक विषयमा खुला छलफल गर्नुपर्ने कारण देखाउँदै समितिले सञ्चारमाध्यमलाई रिपोर्टिङका लागि बैठक कक्षमा प्रवेश अनुमति नदिएको हो ।




प्रतिक्रिया