नेपालले राष्ट्रसंघ महासभामा जलवायु न्यायको विषय प्रमुखताका साथ उठाउने

नेपालले राष्ट्रसंघ महासभामा जलवायु न्यायको विषय प्रमुखताका साथ उठाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले संयुक्त राष्ट्रसंघीय महासभामा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको जोखिम, जलवायु न्याय र अन्तर्राष्ट्रिय सहयोगका विषय उठाउने तयारी गरेको छ ।

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले महासभामा नेपालले उठाउने विषयबारे जानकारी गराएका हुन् ।

मन्त्री खनालका अनुसार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा आफूसहितको प्रतिनिधिमण्डल महासभामा सहभागी हुन आगामी साता संयुक्त राज्य अमेरिका प्रस्थान गर्नेछन् ।


महासभामा नेपालको राष्ट्रिय हितसँग सम्बन्धित विषयका साथै अन्तर्राष्ट्रिय सम्बन्ध र समसामयिक विश्व परिस्थितिका विषय प्रस्तुत गरिने मन्त्री खनालले बताए ।

महासभामा नेपालको सहभागिता अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक प्राथमिकता प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा रहने खनालले बताए ।

संसदीय समितिमा नेपालको जलवायु सरोकारबारे विज्ञहरूसँग समेत छलफल गरिएको थियो ।

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिम र त्यसबाट प्रभावित मुलुकका रूपमा नेपालले अन्तर्राष्ट्रिय समुदायबाट पाउनुपर्ने सहयोगका विषयमा विज्ञहरूले धारणा राखेका थिए ।

जलवायु न्याय र जलवायु वित्तको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउन विज्ञले सरकारलाई सुझाव दिएका थिए ।