प्रचण्ड पत्नी सीता अस्पताल भर्ना, आईसीयूमा उपचार हुँदै


काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । कोरोना संक्रमण भएपछि उनलाई केही दिनअघि ललितपुरको मेडिसेटी अस्पताल भर्ना गरिएको हो ।

कोरोना संक्रमणपछि सीतालाई निमोनिया भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । स्वास्थ्यमा सुधार हुन नसकेपछि उनलाई आइतबार आईसीयूमा राखेर उपचार भइरहेको छ ।

लामो समयदेखि सीता पार्किन्सन्ससँग मिल्दोजुल्दो लक्षण भएको रोगबाट पीडित छन् । यता प्रचण्डको भने कोरोना रिपोर्ट नेगेटिभ आइसकेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement