प्रलाद शाहको ‘सितल जुन’ सार्वजनिक


काठमाण्डु – गायक प्रलाद शाहको शब्द रचनामा रहेको ‘सितल जुन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीतमा स्वर गायिका अस्मिता अधिकारी र भोइस अफ नेपाल सिजन ३ मा कान्छो प्रतिष्पर्धीका रुपमा चिनिएका प्रतिभावान गायक आर्यन तामाङको रहेको छ ।

कल्याण सिंहले संगीतवद्द गरेको गीतलाई गोपाल रसाइलीले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा दिपक घिमिरे र पुजा ठाकुरलाई रोमाण्टिक मुडमा देख्न सकिन्छ ।

बुद्ध थापाले छायांकन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन्। होप इन्टरनेशनलले प्रायोजन गरेको भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो । भाका इन्टरटेनमेन्टको आधिकारिक युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement