कश्मीरमा स्मार्टफोन बन्यो महँगो घडी


नयाँ दिल्ली – कश्मीरमा स्मार्टफोन अब स्मार्ट रहेन । यो केबल महँगा घडी बनेको छ । गत वर्षको अगस्ट ५ मा उक्त क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको थियो ।

यती लामो समयसम्म इन्टरनेटको कटौतीका कारण कश्मीरमा स्मार्टफोनको बिक्रीमा पनि कमी आएको छ । कश्मीरको बिजनेस हब श्रीनगरमा एक स्मार्टफोन डीलर मनीर कुरेसीले भनेका छन्, ‘५ अगस्टभन्दा पहिलेसम्म एक महिनामा ४० हजार फोन बिक्थ्यो । तर, अब मुश्किलले २ हजार फोन मात्रै बिक्री हुन थालेको छ । हाम्रो व्यापारमा ९५ प्रतिशतले कमी आएको छ ।’

बिक्रीमा आएको यो गिरावटले केबल व्यापारीलाई मात्रै नोक्सानी पुगेको छैन । हजारौ सेल्सम्यान तथा प्राविधिकको काममा पनि असर परेको छ ।

एक फोन स्टोरमा काम गर्ने वसीम अहमदले भनेका छन्, ‘मेरा कैयौ साथीहरको जागिर गइसकेको छ । छिट्टै म पनि जागिर गुमाउने सैयौ मानिस मध्येमा पर्छु । म सानै उमेरदेखि यो यद्योगमा काम गर्दै आएको छु । तर हाल इन्टरनेटमा लागेको प्रतिबन्धका कारण मेरो जागिर पनि धरापमा परेको छ ।’

विगत ६ महिनादेखि कश्मीर इतिहासकै खराब कम्यूनिकेशन ब्ल्याकआउयटसँग जुझिरहेको छ । अब जब फोनले काम गर्न थालेको छ र बांदीपोरा र कुपवाडा जिल्लामा टु–जी इन्टरनेट पनि चल्न थालेको छ । लामो समयदेखि भएको इन्टरनेट कटौतीबाट भएको नोक्सानीको अनुमान लगाउन थालिएको छ ।

कश्मीर व्यापारी संघका सदस्य बशीर अहमद भट्टले भने, ‘कश्मीरको अवस्था र कफ्र्यूका कारण हामी नाजुक अवस्थामा पुगेका छौं । तर इन्टरनेटमाथिको प्रतिबन्धका कारण व्यापारीहरुको सबै आशा खत्तम भएको छ ।’

स्मार्टफोन प्रयोगकर्ता बिस्मा मट्टुले आफ्नो आइफोन अपग्रेड गर्ने बारेमा सोचेको तर ५ अगस्टपछि उनले आफ्नो यो योजन फेरेकि छन् ।

उनले भनिन्, ‘हामी २१ औं सताब्दीमा छौ र भारत चन्द्रमामा आफ्नो मिसन पठाइरहेको छ । तर कश्मीरमा हामीसँग इन्टरनेट छैन र जाहाँ कम गतीको टु–जीको इन्टरनेटले काम गरिरहेको छ, त्याहाँ पनि सोशल मीडिया र ह्वाट्सएपमाथि प्रतिबन्ध लगाइएको छ । तपाईनै भन्नुस स्मार्टफोन किन किन्नु ?’

कश्मीरमा लामो समयदेखि इन्टरनेटमाथि लगाइएको प्रतिबन्धका कारण स्मार्टफोनको व्यापारमा मात्रै नोक्सानी पुगेको नभइ जिन्दगीका सबै पक्षमा असर परेको छ । कश्मीर चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रिले हामै मात्र एक सर्भे जारी गरेको छ । जसमा १८ हजार करोड भारुको नोक्सानी भएको उल्लेख छ ।

सर्भेका अनुसार गत वर्षको ५ अगस्टदेखि इन्टरनेटमाथि र अन्य प्रतिबन्धका कारण कमसेकम पाँच लाख मानिसको जागिर गुमेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement