आज हिमपात र वर्षाकाे सम्भावना, यस्ताे छ तीन दिनकाे माैसम


काठमाडौं – पश्चिमी न्यूनचापीय वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पश्चिमी भेगका एक/दुई स्थानमा हल्का वर्षा तथा मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाल जनाएको छ ।

सोमबार फेरि नेपालको पश्चिमी भूभाग हुँदै पश्चिमी न्यूनचापीय प्रणाली विकसित भएकाले पुनः वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताइन् । ‘आज उक्त प्रणालीको प्रभावले पश्चिमी भूभाग सामान्यदेखि पूर्ण बदली रही पश्चिम र मध्यका उच्च पहाडी भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ’, मौसमविद् बासीले भने ।

मौसमविद्का अनुसार यस वर्ष मौसमी प्रणालीको प्रभावले केही दिन मौसम खुला हुने र फेरि बदलीसहित वर्षा र हिमपात हुनेजस्ता अवस्था दोहोरिरहेको छ । हाल देशको पश्चिमी भूभागमा सामान्य बदली तथा अन्य भूभागमा आंशिक बदली रहेको छ ।

तराईका भूभागमा बाक्लो हुस्सु/कुहिरो लागिरहेको र त्यो अपराह्नपछि विस्तारै हटेर जाने जनाइएको छ । राति देशका पश्चिमी भूभागलगायत मध्य र पूर्वी पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही पूर्व र मध्यका तराई भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

बुधबार देशभर मौसम सामान्यतया सफा रहने र तराई भूभागमा हुस्सु कायमै रहने बताइएको छ । बिहीबार देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम एक दशमलव पाँच डिग्री र अधिकतम १७ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस तीन दशमलव शून्य डिग्री सेल्सियसमा झरेको छ ।

यस्तो छ तीन दिनको मौसमी अनुमानः

मौसम विश्लेषण) Meteorological Analysis):-

नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

मौसमको अवस्था )Present Weather Status):

देशको पश्चिमी भू-भागमा सामान्य बदली रहेको छ भने अन्य भू-भागमा आंशिक बदली रहेको छ ।

माघ ७ गते (मंगलबार)

दिउँसो : देशका अधिकांश भू-भागमा सामान्य बदली रहनेछ । पश्चिमी भेगका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्का देखी मध्यम हिमपातको सम्भावना रहेको छ ।

रातीः देशका अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ ।

माघ ८ गते (बुधबार)

दिउँसो : मौसम सामान्यतया सफा रहनेछ । तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ ।

रातीः मौसम सामान्यतया सफा रहनेछ । तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ ।

माघ ९ गते (बिहीबार)

दिउँसो : मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

रातीः देशको पूर्वी भूभागमा आंसिक देखि सामान्य बदली रहनेछ बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-

उच्च हिमाली भेगका हल्का देखी मध्यम हिमपात हुने सम्भावना रहेको साथै देशका अधिकांश भू-भागमा सामान्य बदली रहने भएकोले चिसोबाट बच्नु हुन सर्वसाधारण लाई अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement