काठमाण्डु- बेलायतका राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौं आइपुगेकी छन् ।
उनी कतार एयरको उडानबाट काठमाडौं आइपुगेकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरूले स्वागत गरेका थिए ।
उनका श्रीमान राजकुमार एडवार्ड भारतबाट मंगलबार दिउँसोे काठमाडौं आउँदैछन् । उनीहरूसँग ११ जनाको टोली काठमाडौंमा हुनेछ ।
राजकुमारीसँग ७ जनाको टोली पनि काठमाडौं आइपुगेको छ भने राजकुमारसँग थप चारजनाको टोली आउनेछ । नेपाल बसाइका क्रममा
उनीहरूले उच्चस्तरीय भेटघाट गर्ने जनाइएको छ । उनीहरूको नेपाल भ्रमण युवा सशक्तिकरण, स्वास्थ्य सेवा, महिला अधिकार र संरक्षणमा केन्द्रित हुनेछ ।
६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ साँझ स्वदेश फिर्ता हुनेछन् ।
प्रतिक्रिया