प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा चिनियाँ लगानीमा सौर्यऊर्जा


काठमाडाैँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा चिनियाँ लगानीमा सौर्यऊर्जा खपत हुने भएको छ । सिंहदरबार भित्र रहेका मन्त्रालयलाई चीन सरकारले सौर्यऊर्जा सहयोग गरेको हाे । प्रधानमन्त्रीको कार्यालयसहित २१ वटा कार्यालयलाई सहयोग पुग्ने गरी एक मेगावट क्षमताको सौर्यऊर्जा मंगलबार एक कार्यक्रमका विच हस्तान्तरण गरेको हो ।

ऊर्जा मन्त्रालयका सह-सचिव दिनेशकुमार घिमिरे र चीनका इकोनोमिक काउन्सिलर पेङ विइले संयुक्त हस्ताक्षर गरी ऊर्जा योजना सरकारले बुझेको छ । चाइना एडले ५ अर्व ९२ लाख रुपैयाँ (३७ मिलियन आरएमबी) लागतमा परियोजना निर्माण गरेको हस्तान्तरण कार्यक्रममा जानकारी दिए ।

सन २०१६ नोभेम्बरमा निर्माण सुरु गरिएको परियोजना सन् २०१८ जनवरीमा सम्पन्न भएको थियो । चीनले नेपाललाई पहिलो पटक सौर्यऊर्जा सहयोग गरेको भन्दै यसले सरकारलाई सौर्यऊर्जा निर्माणमा ऊर्जा थपेको बताए ।

सिंहदरबारमा भन्दा पनि गाउँगाउँमा सौर्यऊर्जा खाँचो भएकाले यसको विस्तारमा सरकार योजना बनाएर लाग्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । राजनीतिक अस्तिरताले कमजोर बनेको अर्थतन्त्रलाई सुधार गर्न सौर्यऊर्जा पनि एक भएको भन्दै अबको विकास गर्न सौर्यऊर्जा विस्तारमा जोड दिने ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement