भारतीय कांग्रेस नेत्री सोनिया गान्धी राज्यसभा सांसदमा निर्विरोध निर्वाचित


काठमाण्डु – भारतीय नेशनल कांग्रेसकी नेत्री सोनिया गान्धी राज्यसभा सांसदमा निर्विरोध निर्वाचित भएकी छन् ।

राजस्थानबाट राज्यसभा सांसद निर्वाचित भएकी उनले बिहीबार शपथ लिएकी छन् ।

बिहीबार भारतको नयाँ संसद् भवनमा उपराष्ट्रपति जगदीप धनखरले गान्धीसहित अन्य राज्यसभा सांसदहरूलाई शपथ गराएका छन् ।

गान्धी पहिलोपटक राज्यसभा सांसद बनेकी हुन् ।

सोनिया गान्धी यसअघि १९९९ देखि लगातार लोकसभा चुनाव जित्दै आएकी थिइन् । सन् १९९९ मा सोनिया उत्तर प्रदेशको अमेठी सिटबाट जितेर लोकसभामा पुगिन् । यसपछि सन् २००४ मा उनका छोरा पूर्व कांग्रेस अध्यक्ष राहुल गान्धी चुनावी राजनीतिमा प्रवेश गरे ।

राहुल अमेठी सिटबाट र सोनिया रायबरेली सिटबाट चुनाव लडेकी थिइन् । रायबरेली सोनियाकी सासु इन्दिरा गान्धीले चुनाव लडेको क्षेत्र हो । सोनियाले २००४, २००९, २०१४ र २०१९ मा लगातार ४ पटक रायबरेली सिटबाट चुनाव लडेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement