साउथ फिल्म ‘थिरिमाली’मा डेब्यू गर्दै अभिनेत्री स्वस्तिमा खड्का


काठमाण्डु – अभिनेत्री स्वस्तिमा खड्काले साउथ फिल्ममा डेब्यू गर्ने भएकी छन् । नेपाल र भारतमा छायांकन हुन लागेको दक्षिण भारतीय फिल्म ‘थिरिमाली’ मा उनले अभिनय गर्न लागेकी हुन् ।

बिहीवार राजधानीको एक होटलमा निर्माण टिमले अभिनेत्री खड्कासँग सम्झौता गरेको हो । स्वस्तिमाले सामाजिक सञ्जालको माध्यमबाट साउथ फिल्म ‘थिरिमाली’ साइन गरेको जानकारी दिएकी छन् ।

उनले यसले आफूलाई सिक्न र करिअरमा अगाडि बढ्न मद्दत गर्ने विश्वास व्यक्त गरेकी छन् । फागुन अन्तिम साताबाट छायांकन सुरु हुन लागेको फिल्म ‘चिसो मान्छे’ पछि उनले यो फिल्मका लागि समय छुट्याउनेछिन् । ‘थिरिमाली’ को छायांकन भने चैत पहिलो साताबाट सुरु हुँदैछ ।

राजिव सेट्ठीले निर्देशन गर्ने फिल्मको ७० प्रतिशत नेपालमा र ३० प्रतिशत भारतमा छायांकन हुनेछ । फिल्म निर्माणमा दक्षिण भारतीय कम्पनी एन्जल मारिया सिनेमाज्सँग नेपालको तर्फबाट अनन्या फिल्मस्ले सहकार्य गरेको छ ।

निर्माण टिमले फिल्मको मोशन पोस्टर समेत सार्वजनिक गरिसकेको छ । काठमाण्डु र मुस्ताङमा फिल्मको छायांकन गरिने निर्माण टिमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement