साउथ फिल्मकी अभिनेत्री काजलले विवाह गर्दै


एजेन्सी – साउथ फिल्मकी चर्चित नायिका काजल अग्रवालले विवाह गर्ने भएकी छन् । सन् २००४ मा बलिउड फिल्म ‘क्यूँ, हो गया ना’ बाट अभिनयमा ब्रेक गरेकी काजलले चाँडै नै विवाह गर्ने बताएकी हुन् ।

एक कार्यक्रममा बोल्दै उनले बिहेको प्रस्ताव स्वीकार गरिसकेको र छिट्टै बिहे गर्ने योजनामा रहेको खुलासा गरेकी छन् । तर उनले कोसँग विवाह गर्न लागेकी हुन् त्यो भने खुलाएकी छैनन् ।

कतिपयले त बाहुबली फिल्मका स्टार प्रभाससँग काजलले विवाह गर्न लागेको बताएका छन् । त्यसो त काजललाई कुन अभिनेतासँग बिहे गर्ने चाहना छ भन्ने सवालमा उनले पनि प्रभासकै नाम लिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement